शुक्रबार, श्रावण २२,२०८३ 12:27:00
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:27:00
Bizshala
Global IME Bank Limited

आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि

आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि
New Office

काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १५ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको  थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो । 

कम्पनीको अन्य सञ्चालन आम्दानी ९९ लाख ६१ हजार रुपैयाँ र वित्त आम्दानी ५२ हजार रुपैयाा रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ५९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि १६ करोड ६३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको रिजर्भको आकार १०.०१ प्रतिशतले बढ्दै ३ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब १८ करोड र कुल चालु दायित्व ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १२३ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रुपैयाँ र पीई अनुपात १०५ गुणा ऋणात्मक कायम भएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.