बुधबार, चैत्र २०,२०८१ 02:02:58
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:02:58
IME remit
Global IME Bank Limited

निफ्राद्वारा पुसमा साधारण सभा आयोजना गर्ने निर्णय, बुक क्लोज कहिले ?

Hyundai Nepal
निफ्राद्वारा पुसमा साधारण सभा आयोजना गर्ने निर्णय, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारण सभाको मिति,समय र स्थान तय गरेको छ । बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले छैटौं साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी पुस ४ गते काठमाण्डौको बबरमहल हाइटमा रहेको कार्की ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकले गत आवका लागि सेयरधनीलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन । बैंकले गत आवका लागि लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले गत आवको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँ सञ्चित गर्ने निर्णय गरेको छ ।  

सभामा बैंकको प्रबन्धपत्र संशोधन÷थप गर्ने र यसका लागि नियमनकारी निकायबाट हुने कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र सो आर्थिक वर्षको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.