मंगलवार, श्रावण १९,२०८३ 02:03:49
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:03:49
Bizshala
Global IME Bank Limited

फर्स्ट माइक्रोफाइनान्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

फर्स्ट माइक्रोफाइनान्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस ११ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली व्याङ्केटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको अधिकृत पूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार ९०२ रुपैयाँबाट वृद्धि गरी २ अर्ब , जारी तथा चुक्ता पूँजी १ अर्ब ३४ करोड ३८ लाख ७१ हजार पुर्याउने र यी प्रस्तावहरु बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने तथा सोही सम्बन्धमा नियमनकारी निकायबाट भएको निर्देशनलाई समेत समावेश गरी संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र अन्य कुनै लघुवित्त वित्तीय संस्था गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्ने÷गाभिने (मर्जर) विेशष प्रस्तावहरु समेत पारित गरिनेछ ।  

सभामा गत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरण वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि संस्थाले मंसिर २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.