काठमाण्डौ । लामो इतिहास बोकेको स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको २९ औं वार्षिक साधारण सभा यहि मंसिर २० गते आयोजना हुने भएको छ ।
उक्त सभा बानेश्वरमा रहेको दि एभरेष्ट होटलमा आयोजना हुनेछ । सभामा २ वर्षको लागि ९ जना सदस्य सम्मिलित नयाँ कार्यसमिति चयन हुने स्टक ब्रोकर्श एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले जनाकारी दिए ।
यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित हुनुका साथै सो अवधिको वित्तीय विवरण लेखापरीक्षणको प्रतिवेदन लगायतका प्रतिवेदनहरु पारित गरिनेछन् ।
यो संस्था विसं. २०५१ सालमा स्थापना भएको थियो । गत महिना स्टक ब्रोकर्श एसोसियसन अफ नेपाल र धितोपत्र ब्रोकर्श एसोसियसन नेपाल एक आपसमा मर्ज भएका थिए । हाल धितोपत्र बजारमा २ स्टक डिलरसहित ९० वटा स्टक ब्रोकर हाउसहरु रुहेका छन् । अब तीनै सदस्य भित्रबाट नयाँ अध्यक्षसहित नयाँ कार्य समिति बन्ने छ ।