काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४२.४३ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.२१ रुपैयाँ र बिक्रीदर १७१.९७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७.७६ रुपैयाँ र बिक्रीदर ८८.१५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६ं.८९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३४ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.९६ रुपैयाँ र बिक्रीदर ४४०.९२ रुपैयाँ कायम भएको छ ।