बुधबार, माघ ३०,२०८१ 12:45:16
IME remit
  • बुधबार, माघ ३०,२०८१ 12:45:16
IME remit
Global IME Bank Limited

विशाल बजार कम्पनीलाई धितोपत्र बोर्डको पत्र, 'शंकास्पद कारोबार'मा अनुसन्धान सुरु

Hyundai Nepal
विशाल बजार कम्पनीलाई धितोपत्र बोर्डको पत्र, 'शंकास्पद कारोबार'मा अनुसन्धान सुरु
Nabil Bank Limited

काठमाण्डौ । विगत केही दिनदेखि नेप्सेमा शंकास्पद कारोबार भइरहेको र लगातार अपर सर्किट लागिरहेको विशाल बजार कम्पनीको विषयमा पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेको छ ।  

बिनाकारण नै विशाल बजार कम्पनीको दोश्रो बजार मूल्यमा विगत केही दिनदेखि लगातार सर्किटका सर्किट लगाइएको छ । यो विषय अस्वभाविक देखेर शंकास्पद कारोबार भएको हुनसक्ने अनुमानका आधारमा नेपाल धितोपत्र बोर्डको अनुसन्धान विभागले केही विवरणहरु माग गर्दै विशाल बजार कम्पनीलाई मंगलबार एक पत्र पठाएको हो । 

Bizshala
CG Motors
Sagarmatha Cement

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले कम्पनीसँग नै अनुसन्धानका लागि आवश्यक विवरण माग गर्दै पत्र पठाइएको जानकारी दिए । आफूहरुले मागेको विवरण प्राप्त भएपछि सोही आधारमा बोर्डले अनुसन्धान गर्ने र के भएको हो भनेर बुझ्ने उनले प्रष्ट पारे ।  

विशाल बजार कम्पनीको सेयरमूल्यमा लगातार ६ दिन अपरसर्किट लागेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार माथि पुगेको छ ।  

मसिंर १० गते ४ हजार १७८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य आजको अन्तिम कारोबारसम्म प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको हो।  

यसरी ६ दिनको कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजारभन्दा बढी रुपैयाँले बढेको छ । यसरी एकाएक सेयरमूल्य बढ्नुमा विशेष केही कारण भने देखिन्न ।  

वित्तीय र व्यबस्थापकीय रुपमा हेर्ने हो भने कम्पनीको अवस्था भद्रगोल छ । कम्पनीले वार्षिक साधारणसभा नै नगरेको वर्षौ भएको छ ।  

कम्पनीको आफ्नै एउटा वेबसाइट समेत छैन । यति मात्रै होइन अहिले जताततै आकर्षक ब्यापारिक महल बन्दै गर्दा बिशाल बजारभित्र भने एउटा राम्रो शौचालय पनि छैन ।  

सेयर संरचना हेर्ने हो भने चार अर्ब चुक्तापूँजी भएको कम्पनीको हाल १ प्रतिशत मात्रै सेयर सर्वसाधारणमा रहेको छ । हालको धितोपत्र दर्ता नियामावलीले सर्वसाधाराणमा जान कुनै पनि सेयर निष्कासनमा १० प्रतिशत सर्वसाधारण सेयर जारी हुनैपर्छ । तर हालको पूँजी वृद्धिले यो कम्पनीको अब कम्तीमा ९ प्रतिशत सेयर अर्थात करिब ९० हजार कित्ता सेयर सर्वसाधारणमा जारी हुनुपर्ने देखिन्छ ।  

Muktinath Bikas Bank Limited

तर यो कम्पनी सरकारी संस्थान भएको कारण धितोपत्र ऐन पनि लागू हुन नसक्ने अर्थात नियामक निकायले पनि कुनै निर्देशन वा नियामकीय कारवाही गर्नसक्ने अवस्था छैन ।  

धितोपत्र बोर्डमा कारोबार उपसमूहमा रहेको यो कम्पनी नेपाल सरकारअन्तर्गत अर्थमन्त्रालयको मातहतमा रहेको हो वा बाणिज्य मन्त्रालयअन्तगर्त रहेको हो भन्ने पनि प्रष्ट छैन ।

तर सेयरको मूल्य भने दैनिक अपरसर्किट लागेको छ । यसै विषयमा बोल्दै यस कम्पनीका एक सञ्चालक राधा पोखरेलले यस बिषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिइन् । पोखरलेले आफू सञ्चालक भएर आएको एक महिना मात्रै भएको बताइन् । ‘सरकार फेरिएपछि सञ्चालक पनि फेरिने गर्छन् । यहाँ पनि भाँडभैलो नै रहेछ । सरकारलाई व्यापारीहरुले नटेर्न अनि सरकारले व्यापारीलाई नगन्ने प्रवृति व्याप्त रहेछ,’ उनले भनिन्, ‘कति व्यापारीहरुले भाडा पनि नदिने रहेछन् । म पनि बुझ्ने क्रममै छु ।’  

यद्यपि आफ्नो कार्यकालमा यही पौष मसान्तभित्र अडिट सकेर वार्षिक साधारणसभा गर्ने पनि पोखरेलले जानकारी दिइन । सेयर संरचनाअन्तगर्तको बाँकी रहेको ९ प्रतिशत सेयरमा के गर्ने भन्ने विषयमा भने कुनै पनि छलफल नभएको पोखरेल बताइन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.