काठमाण्डौ । अमेरिकी डलरको मूल्य पुनःहालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २० गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२९ रुपैयाँ र बिक्रीदर १३५.८९ रुपैयाँ कायम भएको छ ।
यसअघि गत मंसिर १८ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर १३५.८२ रुपैयाँ कायम भएको थियो ।
यस्तै आज एक यूरोको खरिददर १४२.११ रुपैयाँ र बिक्रीदर १४२.७४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.४३ रुपैयाँ र बिक्रीदर १७२.१९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८० रुपैयाँ र बिक्रीदर ८७.१८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३९ रुपैयाँ र बिक्रीदर ३०.५२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.७४ रुपैयाँ र बिक्रीदर ४४१.६९ रुपैयाँ कायम भएको छ ।