काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४२.९१ रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.३० रुपैयाँ र बिक्रीदर १७३.०७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६.३९ रुपैयाँ र बिक्रीदर ८६.७८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५९ रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.१४ रुपैयाँ र बिक्रीदर ४४२.०९ रुपैयाँ कायम भएको छ ।