सोमबार, असार १५,२०८३ 11:18:02
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:18:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वीरगञ्जबाट डिजेल आयातमा ९.४१% को गिरावट

Laxmi Sunrise Bank Limited
वीरगञ्जबाट डिजेल आयातमा ९.४१% को गिरावट

काठमाण्डौ । वीरगन्ज नाकाबाट डिजेल आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विरगञ्जबाट हुने डिजेलको आयात ९.४१ प्रतिशतले घटेको हो ।  

डिजेल आयातमा आएको यो गिरावटका कारण राजस्वमा पनि १५.१६ प्रतिशतका कमी आएको छ । आव २०८१÷८२ को चार महिनामा विरगञ्जबाट २१ अर्ब ८४ करोड ८ लाख ७६ हजार रुपैयाँको २ लाख ४६ हजार ७ १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने ३० अर्ब १७ करोड ७६ लाख ४८ हजार रुपैयाँको डिजेल आयात भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

त्यसैगरी, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजार रुपैयाँको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजार रुपैयाँको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.