शुक्रबार, असार १९,२०८३ 10:11:24
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 10:11:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु

Laxmi Sunrise Bank Limited
उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु

काठमाण्डौ । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधान सम्बन्धी सम्मेलन सुरु भएको छ ।

बिहीबार ललितपुरको गोदावरीमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सम्मेलनको उद्धघाटन गरिएको हो ।  

आयोजक नेपाल इन्टरनेसनल एडिआर सेन्टरका अनुसार  विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।  

‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’  भन्ने नाराका साथ सुरु भएको सम्मेलन मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सम्मेलनमा नेपालसहित जापान, स्विजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, यूके, न्यूजिल्याण्ड, चीन र यूएसए गरी विश्वका १७ देशका वक्ताहरूको सहभागिता रहको एडिआरका महासचिव वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौलाले बताए ।  

निरौलाका अनुसार कार्यक्रम अवधिभर करार सम्बन्धी विवाद, विकास निर्माण सम्बन्धी, लगानी सम्बन्धी विवाद, संयुक्त राष्ट्र संघका मोडल कानुन सम्बन्धी व्यवस्था र मध्यस्थता एवम् मेलमिलाप सम्बन्धमा न्यायपालिकाको भूमिका लगायतका विषयमा छलफल हुने छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, एनआईएसीका अध्यक्ष डा.मुक्तिराम रिजाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका दीपक श्रेष्ठ उपाध्यक्ष, एफएनसीसीआईका अध्यक्ष  चन्द्र प्रसाद ढकाल, सर्वोच्च अदालत बार एशोसिएशन नेपालका अध्यक्ष हरिशंकर निरौला, भारतको सर्वोच्च अदालतका पूर्व न्यायाधीश न्यायाधीश रविन्द्र भट,  सर्वोच्च अदालत, नेपालका न्यायाधीश कुमार रेग्मी लगायतको उपस्थिती भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.