मंगलवार, श्रावण १९,२०८३ 09:37:59
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:37:59
Bizshala
Global IME Bank Limited

सेयर बजारमा ‘जिरो इन्भेष्टमेन्ट पोलिसीलाई ’ किन मानिन्छ ‘बेष्ट पोलिसी’ ? कसरी हुन्छ कम जोखिममा बढी नाफा ?

सेयर बजारमा ‘जिरो इन्भेष्टमेन्ट पोलिसीलाई ’ किन मानिन्छ ‘बेष्ट पोलिसी’ ? कसरी हुन्छ कम जोखिममा बढी नाफा ?
New Office

काठमाण्डौ । सेयर बजारमा धेरै लगानीकर्ताले आम रुपमा एउटा गुनासो गर्ने गरेको सुनिन्छ । धेरैजसो लगानीकर्ताले आफूले किने पछि सेयरको मूल्य घटेको र बेचेपछि बढेको गुनोसो गर्ने गरेका छन् । यही समस्याको समधान गर्ने उद्देश्यले सेयर कारोबार गर्ने एउटा रणनीति अर्थात संसारमा बेष्ट पोलिसि भनेर चिनिएको ‘जिरो इन्भेष्टमेन्ट पोलिसी’ प्रयोगमा रहेको छ ।

स्टक मार्केटमा प्राविधिकहरुले फिवोनासीको प्रयोगबाट मूल्य तथा सूचक अनुमान लगाउने बाहेक यो बजारमा कसैले पनि कुनै पनि कम्पनीको सेयर भाउ यति नै पुग्छ भनेर ठोकुवा गर्न सक्दैन । भैतिक रुपमा संसारमा जे जति विकास भएता पनि कुनै पनि कम्पनीको मुल्य घटेर यहि मूल्यमा र बढेर यहि मूल्यमा पुग्छ भनेर कसैले पनि भन्न सक्ने औजार अहिलेसम्म विकास भएको छैन ।

खासगरि, सेयर बजारमा लगानीकर्तामा दुई विषयले काम गरेको हुन्छ । पहिलो भनेको ‘लोभ’ हो । दोस्रो भनेको ‘डर’ हो । बजार जति बढ्दै जान्छ, लोभ पनि त्यति नै बढ्दै जान्छ । यस्तै, बजार जति घट्दै जान्छ त्यसरी नै लगानीकर्तामा डरको माहोल सिर्जना हुँदै जान्छ । यी दुई विषयलाई नियन्त्रणमा राख्न सेक्ने व्यक्ति नै सेयर बजारमा सफल हुनसक्छ ।

विश्व सेयर बजारका गुरु मानिने वारेन बफेटको मुख्य सिद्धान्त भनेको ‘अरु डराएको बेला आफू हौसिनु र अरु हौसिएको बेला डराउनु’ भन्ने नै हो ।  यो भनेको पनि त्यहि डर र लोभलाई नियन्त्रण गर्नु नै हो । यो दुवै विषयलाई लगानीकर्ताले नियन्त्रण गर्ने अर्थात जोखिम कम गर्ने उद्देश्यको साथ संसारमा जिरो इन्भेष्टमेन्ट पोलिसिको रणनीति चलनचल्तिमा छ ।  

यसले लगानीकर्तालाई कम जोखिम लिएर नाफा बढी लिन मद्दत गर्छ । यसकारण जिरो इन्भेष्मटमेन्ट पोलिसिलाई ‘बेष्ट पोलिसी’ पनि भनिन्छ । यो विधिबाट सेयर बेच्दा पनि फाइदै हुन्छ र सेयरहोल्ड गर्दा पनि फाइदै हुन्छ । त्यसो भए यो कसरी सम्भव छ ? हो यो सम्भव छ त्यो भन्दा पहिले बुझौ सेयर बजारमा  जिरो इन्भेष्टमेन्ट पोलिसि भनेको के हो ?

के हो जिरो इन्भेष्टमेन्ट पोलिसी ?

बढ्दो बजारमा आफूसँग भएको लगानीबराबरको सेयर बेचेर नाफा बुक अथवा आफ्नो लगानी शुन्य बनाउने विधिलाई जिरो इन्भेष्टमेन्ट पोलिसि भनिन्छ । यो विधि आधारभूत रुपमा बलिया र खेलाडीले चलाएका ‘ट्रेडिङ स्क्रिप्ट ’ दुवैमा उपयुक्त हुन सक्छ । स्टक मार्केटमा धेरै मानिसहरुले नाफा बुक गर्न अर्थात सेयर बेच्न सक्दैनन् । त्यही कारण उनीहरुले हरेक बुलमा आफू छुटेको क्लबहाउसदेखि ब्रोकर हाउसहरुमा भन्ने गरेको सुनिन्छ । यही समस्याको समाधान गर्न यो विधि उपयुक्त मानिन्छ ।  

उदाहरणका लागि कसैले बढ्दो सेयर बजारमा १० लाख लगानी गर्यो । उक्त लगानी बढेर बुल बजारमा २० लाख भयो । यो बेलमा अब उसले आफ्नो लगानीबराबरको सेयर बेचेर नाफाको सेयर मात्रै बजारमा छोड्न सक्छ । यस्तो अवस्थामा त्यो लगानीकर्ता ‘रिक्स फ्रि’ हुन्छ । किनकी उसले आफ्नो लगानी सुरक्षित गरिसकेको हुन्छ । अब बजार घटेमा पनि उ ठूलो जोखिममा हुँदैन । किनकी बजार बढेमा पनि उसँग सेयर हुन्छ भने घटेमा किन्ने पैसा पनि हुन्छ । यसकारण यो विधिलाई संसारमा ‘बेष्ट पोलिसी’ भनिन्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.