कोलकाता: दुर्गा पूजामा भागदौड, १९ जनाको मृत्यु
काठमाडौँ । दुर्गापूजाको उत्सवमा रमाउन पुगेका श्रद्धालु अचानक परेको वर्षाबाट ओत लाग्न खोज्दा उत्तरी कोलकाताको चर्चित चोरबगान पूजा पण्डालमा घातक भागदौड भएको छ। शनिबार साँझ भएको दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। वर्षासँगै बढेको भीडको चाप र आवतजावतमा उत्पन्न अव्यवस्थाले उत्सवस्थललाई शोकमा परिणत गरेको हो।

