अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा झरेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ९ अमेरिकी डलर अर्थात् ०.२० प्रतिशतले घटेर ४१४३ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।

