तेलको मूल्य वृद्धि, मध्यपूर्वको तनावले बजार प्रभावित
काठमाण्डौ । अमेरिका र इरानबीच पुनः बढेको तनाव तथा स्ट्रेट अफ हर्मुजमा देखिएको ढुवानी अवरोधका कारण सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि भएको छ।ब्रेन्ट क्रुडको मूल्य ०.६८ प्रतिशतले बढेर प्रतिब्यारेल ७२.४८ डलर पुगेको छ भने डब्लूटीआई क्रुडको मूल्यपनि १.१६ प्रतिशतले बढेर ७०.०३ डलरमा कारोबार भएको छ।

