गाजामा भोकमरीको चरम संकट : दैनिक दर्जनौंको मृत्यु, सयौं बालबालिका कुपोषणको चपेटामा
काठमाण्डौ । गाजा पट्टीमा भोकमरीले लिएको भयावह रुपका कारण हालसम्म सयौं नागरिकले ज्यान गुमाएका छन् भने हजारौं मान्छेहरू जीवन-मरणको दोसाँधमा छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन, गार्डियन, एपी र अलजजीरासहितका स्रोतहरूले हालै प्रस्तुत गरेका विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै गाजामा कम्तिमा १५ जनाको मृत्यु भोकमरीका कारण भएको पुष्टि भएको छ।सबैभन्दा दुःखद पक्ष के...