अमेरिका हवाई संकटमा : टेलिकम अवरोधका कारण सयौं उडान रद्द, हजारौं यात्रु प्रभावित
काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा टेलिकम सेवामा आएको अवरोधका कारण हवाई यातायात प्रणाली गम्भीर रूपमा प्रभावित भएको छ। विशेषतः डलास क्षेत्रका दुई विमानस्थलमा व्यापक अव्यवस्था देखापरेको छ, जसले यात्रुहरूको दैनिक जीवनमा ठुलो असुविधा निम्त्याएको छ।

