अमेरिकाले रुसी तेल खरिदमा दिएको छुट समाप्त, भारतसहित एशियाली देशहरू दबाबमा
काठमाण्डौ । विश्व ऊर्जा बजारमा जारी अस्थिरताबीच अमेरिकी प्रशासनले रूसी समुद्री कच्चा तेल खरिदमा दिइएको अस्थायी प्रतिबन्ध छुटलाई १६ मे पछि नबढाउने निर्णय गरेपछि भारत, इन्डोनेसिया लगायतका ऊर्जा आयातमा निर्भर राष्ट्रहरू थप दबाबमा परेका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले यसअघि पश्चिम एशियामा बढ्दो तनाव, इरान संकट तथा हर्मुज जलमार्गमा आपूर्ति अवरोधका...

