अमेरिकामा ट्रम्पविरुद्ध 'नो किङ्स' प्रदर्शन: लोकतन्त्रको रक्षाका लागि लाखौँको आक्रोश
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनशैलीलाई तानाशाही र राजतन्त्र जस्तो भन्दै देशभरि विशाल प्रदर्शनहरू भएका छन्। 'नो किङ्स' नाम दिइएको यो आन्दोलनले अमेरिकालाई फासिस्ट शासनतर्फ धकेलिरहेको आरोप लगाउँदै लाखौँ नागरिकहरू सडकमा उत्रिएका छन्। यो घटनालाई 'राजाजस्तो तानाशाही बन्न खोजेको' भनेर वर्णन गरिएको छ, जसमा वाशिङ्टन डिसी, न्यूयोर्क, शिकागो, मियामी र लस...

