अमेरिकाले इरानसँग युद्धविराम विस्तार गरेसँगै बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि देखिएको छ । इरानसँगको युद्धविरामलाई विस्तार गर्ने अमेरिकी निर्णयपछि कच्चा तेलको मूल्य घटेको छ। यसले मुद्रास्फीति बढ्ने र उच्च ब्याजदर लामो समय कायम रहने चिन्तालाई केही हदसम्म कम गरेको छ।जसका कारण आज सुनको मूल्य बढ्न पुगेको छ । सुनको मूल्य १.१९ प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ७५६ डलरमा पुगेको छ। मंगलबार भने...

