युरोपको ट्रम्पलाई चेतावनी, ‘हामीसँग ट्यारिफविरुद्ध प्रतिकारको लागि बलियो योजना छ’
काठमाण्डौ । युरोपसँग अमेरिकाले लगाउन लागेको ट्यारिफ वृद्धिको जवाफ दिने ‘बलियो योजना’ छ, जुन आवश्यक परेमा प्रयोग गरिनेछ, एक शीर्ष अधिकारीले मंगलबार बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा हुन लागेको ठूलो मात्राको आयात शुल्कको पूर्वसन्ध्यामा उनले यस्तो चेतावनी दिएका हुन्।हप्तौँदेखि, ट्रम्पले अप्रिल २ लाई अमेरिकाको ‘मुक्ति दिवस’ भनेर प्रचार गर्दै आएका...