डलर बलियो बनेसँगै सुनको मूल्य एकैदिन ८० डलरले घट्यो
काठमाण्डौ । अमेरिकी डलरको तीव्र मजबुती र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको कडा मौद्रिक नीति संकेतका कारण सुनको मूल्य लगातार दबाबमा परेको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.८९ प्रतिशत अर्थात ८० डलरले घट्दै प्रतिऔंस ४ हजार १४५ डलरमा झरेको छ । यससँगै सुनको भाउ लगातार तेस्रो साप्ताहिक गिरावटतर्फ अग्रसर भएको छ ।

