शनिबार, आश्विन ३१,२०८३ 10:09:07
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:09:07
Bizshala
Global IME Bank Limited

ट्रम्पले राखे हर्मुज जलमार्गको नाम ‘स्ट्रेट अफ ट्रम्प’

Bizshala
ट्रम्पले राखे हर्मुज जलमार्गको नाम ‘स्ट्रेट अफ ट्रम्प’
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव चुलिँदै गएको र अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म जारी रहन सक्ने चेतावनीबीच रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्गलाई ‘स्ट्रेट अफ ट्रम्प’ नाम दिइएको नक्सा सामाजिक सञ्जालमा सेयर गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा कुनै क्याप्सनबिना उक्त तस्बिर सेयर गरेका हुन्। हर्मुज जलमार्ग विश्वव्यापी उर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो। सामान्य अवस्थामा विश्वको करिब एक–पाँचौँ हिस्सा तेल आपूर्ति यही मार्ग हुँदै हुने गर्छ। त्यसैले इरानसँगको तनावका कारण यस क्षेत्रमा हुने कुनै पनि अवरोधले विश्व बजारमा तेलको मूल्य तथा आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पार्न सक्छ।

ट्रम्पले पहिलोपटक होर्मुजलाई ‘स्ट्रेट अफ ट्रम्प’ भनेका होइनन्। मार्च २७ मा मियामीमा आयोजित साउदी समर्थित एफआईआई प्रायोरिटी लगानी मञ्चमा बोल्दै उनले इरानसँग सम्भावित शान्ति सम्झौताको हिस्साका रूपमा जलडमरूमध्य पुनः खोल्नुपर्ने बताएका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस क्रममा ट्रम्पले गल्तीवश ‘स्ट्रेट अफ ट्रम्प’ भनेपछि तत्कालै आफूले ‘हर्मुज’ भन्न खोजेको स्पष्ट गरेका थिए। उनले उक्त गल्तीलाई लिएर सञ्चारमाध्यमले समाचार बनाउने अनुमानसमेत गरेका थिए।

ट्रम्पले इरानविरुद्ध अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म जारी रहन सक्ने बताएपछि अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र प्रतिक्रिया देखिएको छ। उनका पछिल्ला अभिव्यक्तिपछि तेलको मूल्य चार वर्षभन्दा बढी अवधिकै उच्च तहमा पुगेको बताइएको छ।

समाचार संस्था एएफपीका अनुसार युद्ध अन्त्य गर्न ट्रम्पमाथि घरेलु राजनीतिक दबाबसमेत बढिरहेको छ। युद्धका कारण अमेरिकी उपभोक्तामाथि बढ्दो आर्थिक भार र अमेरिकी सहयोगी राष्ट्रहरूमा देखिएको चिन्ताले उनको प्रशासनमाथि थप दबाब सिर्जना गरेको छ।

ट्रम्पको अभिव्यक्तिपछि अमेरिकी बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य एक समय ७ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल १२६.४१ अमेरिकी डलर पुगेको थियो। त्यस्तै, डब्लुटीआई क्रुडको मूल्य करिब ३ प्रतिशत बढेर ११०.३१ डलर पुगेको थियो। पछि दुवैको मूल्य केही घटेको थियो।

अमेरिकी आक्रमणपछि इरानले हर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रण बलियो बनाउने प्रयास गरेको छ। यसको प्रत्यक्ष असर विश्वव्यापी उर्जा आपूर्तिमा पर्न सक्ने चिन्ता बढेको छ।

तेहरानले अमेरिकाले नौसैनिक नाकाबन्दी हटाएर व्यापक वार्ता अघि बढाएमा जलमार्गमाथिको आफ्नो दबाब केही कम गर्न सकिने संकेत दिएको छ। तर ट्रम्प प्रशासनले इरानको प्रस्तावप्रति शंका व्यक्त गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.