हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, मध्यपूर्वको उर्जा आपूर्तिमा थप जोखिम
काठमाण्डौ । इरानसँग जोडिएका क्षेत्रीय तनावबीच हर्मुज जलमार्गमा एउटा जहाजमाथि आक्रमण भएको नयाँ रिपोर्ट सार्वजनिक भएको छ। आक्रमणपछि जहाजमा आगलागी हुँदा स्थानीय अधिकारीहरूले चालक दलका सदस्यलाई उद्धार गरेको बेलायती नौसेनासँग सम्बद्ध संस्था यूके मेरिटाइम ट्रेड अपरेसन्सले जनाएको छ।युकेएटीओका अनुसार आइतबार जलमार्ग हुँदै अघि बढिरहेको जहाजमा एउटा प्रक्षेप्य वस्तु प्रहार...

