बुधबार, श्रावण १३,२०८३ 03:48:45
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 03:48:45
Bizshala
Global IME Bank Limited

चीनले गर्यो स्ट्रेट अफ हर्मुज खुलाउन इरानसँग आग्रह

चीनले गर्यो स्ट्रेट अफ हर्मुज खुलाउन इरानसँग आग्रह
New Office

काठमाण्डौ । चीनका विदेशमन्त्री वाङ लीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग स्ट्रेट अफ हर्मुज सामान्य आवागमन पुनःस्थापित गर्न आग्रह गरेका छन्। उनले इरानको सार्वभौमिकता र सुरक्षा सम्मान गर्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय जलमार्गको रूपमा यस क्षेत्रमा आवागमनको स्वतन्त्रता र सुरक्षा सुनिश्चित गर्नु सबै देशहरूको साझा हितमा रहेको बताए।

वाङ यीले उक्त समुद्री मार्ग खुला राख्नु विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै चीनले युद्धविराम कायम राख्न र वार्ता पुनः सुरु गर्न समर्थन गर्ने बताएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजलाई स्थायी रूपमा खुला राख्ने दाबी गरेका थिए। सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले चीनसहित विश्वका लागि आफूले यो कदम चालेको उल्लेख गरेका छन्।

स्ट्रेट अफ हर्मुज विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गर्छ। फेब्रुअरी २८ मा अमेरिका र इसराइलद्वारा गरिएको आक्रमणपछि इरानले यस क्षेत्रमा नाकाबन्दी गरेको थियो।

यस नाकाबन्दीका कारण विश्वव्यापी रूपमा ऊर्जा आपूर्तिमा दबाब बढेको छ भने तेल तथा ग्यासको मूल्यमा समेत उल्लेखनीय वृद्धि भएको छ। विश्लेषकहरूले आगामी दिनमा यस संकटले विश्व ऊर्जा बजारमा अझ गम्भीर प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.