शनिबार, आश्विन ३१,२०८३ 10:07:17
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:07:18
Bizshala
Global IME Bank Limited

हर्मुज जलमार्ग खोल्ने इरानको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, बमबारी पुनः सुरु गर्ने तयारीको दाबी

Bizshala
हर्मुज जलमार्ग खोल्ने इरानको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, बमबारी पुनः सुरु गर्ने तयारीको दाबी
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक वार्ता सुरु गर्ने सर्तसहित राखेको प्रस्ताव अस्वीकार गरेको बताएका छन्। यसैबीच, द वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः बमबारी गर्ने अपेक्षा आफ्ना सहयोगीहरूसँग व्यक्त गरेको दाबी गरेको छ।

ट्रम्पले इरानले प्रस्ताव राखेको पुष्टि गर्दै उक्त प्रस्ताव अस्वीकार गरेको बताए । तर, ट्रम्पले पुनः बमबारी गर्ने विषयमा गरेको भनिएको आन्तरिक तयारीबारे द वाल स्ट्रिट जर्नलको रिपोर्टलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले शुक्रबार संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानले निश्चित सर्त पूरा भए सात दिनभित्र हर्मुज जलमार्ग खोल्न र अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न तयार रहेको बताएका थिए।

इरानले अमेरिकाले आफूविरुद्ध गरिरहेको भनिएको सैन्य कारबाही रोक्नुपर्ने, समुद्री नाकाबन्दी तथा आर्थिक दबाब अन्त्य गर्नुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने सर्त राखेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पनि यी सर्तहरूबारे जानकारी दिएका छन्।

अमेरिकी पक्ष र इरानबीच मध्यस्थकर्तामार्फत वार्ता अझै जारी रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएको छ। वार्तामा इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने विषयमा अमेरिकी मागसमेत छलफल भइरहेको बताइएको छ।

यसैबीच, साउदी नेतृत्वको यमनसम्बन्धी गठबन्धन सेनाले इरान समर्थित हुथी विद्रोहीले प्रहार गरेका ड्रोन र ब्यालेस्टिक क्षेप्यास्त्र रोकिएको दाबी गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

गठबन्धनका प्रवक्ता कर्नेल तुर्की अल–मालिकीका अनुसार रियादतर्फ प्रहार गरिएका दुई ड्रोन तथा दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने खमिस मुशैततर्फ लक्षित दुई ब्यालेस्टिक क्षेप्यास्त्रलाई अवरोध गरी नष्ट गरिएको हो।

हुथी समूहले यसअघि रियादका ‘संवेदनशील’ स्थानलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो। साउदी अरबले यसै महिनाको सुरुवातमा मक्का जाने ड्रोन नष्ट गरेको दाबी गरे पनि हुथी समूहले उक्त दाबी अस्वीकार गरेको थियो।

अमेरिका र इरानबीचको द्वन्द्वले मध्यपूर्वबाट हुने ऊर्जा आपूर्तिमा असर पारेको छ। यसले विश्वव्यापी रूपमा तेलको मूल्य र मुद्रास्फीतिबारे चिन्ता बढाएको छ। यद्यपि, संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिका र इरानबीच वार्ता भइरहेका खबरसँगै यो साता कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.