आईतवार, भाद्र ७,२०८३ 03:30:38
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 03:30:38
Bizshala
Global IME Bank Limited

अमेरिका–इरान द्वन्द्वको असरः कतारमा आर्थिक संकट गहिरिँदै, सरकारी खर्चमा ३०% सम्म कटौती

अमेरिका–इरान द्वन्द्वको असरः कतारमा आर्थिक संकट गहिरिँदै, सरकारी खर्चमा ३०% सम्म कटौती
New Office

काठमाण्डौ । अमेरिका–इरानबीच जारी द्वन्द्व तथा स्ट्रेट अफ हर्मुजमा उत्पन्न अवरोधका कारण कतारको अर्थतन्त्रमा गम्भीर दबाब परेको छ। आर्थिक गतिविधिमा आएको सुस्ततासँगै कतार सरकारले सरकारी खर्च कटौती गर्न थालेको छ।

रिपोर्टअनुसार कतारका विभिन्न सरकारी निकायको बजेटमा ३० प्रतिशतसम्म कटौती गरिएको छ भने विदेशमा प्रदान गरिँदै आएको सहायता रकममा करिब ८५ प्रतिशतले कमी गरिएको छ। प्राकृतिक ग्यास, विशेषगरी तरलीकृत प्राकृतिक ग्यासको आम्दानीमा ठूलो निर्भर रहेको कतारमा ऊर्जा निर्यात प्रभावित भएपछि सरकारी आम्दानीमा समेत दबाब परेको हो।

द्वन्द्वसँग सम्बन्धित क्षतिका कारण कतारको ग्यास उत्पादनमा अवरोध आएको छ। त्यसमाथि विश्वको प्रमुख उर्जा व्यापारिक मार्गमध्ये एक स्ट्रेट अफ हर्मुज हुँदै ग्यास ढुवानीमा कठिनाइ उत्पन्न भएपछि कतारको उर्जा निर्यात थप प्रभावित भएको बताइएको छ।

Bizshala
CG Motors

अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष कतारको अर्थतन्त्र ८.६ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ। यो खाडीका ६ वटै मुलुकमध्ये सबैभन्दा ठूलो आर्थिक गिरावट हुने अनुमान हो।

द्वन्द्वको प्रभाव कतारमा मात्र सीमित छैन। खाडी क्षेत्रका अन्य अर्थतन्त्रमा समेत उर्जा निर्यात, व्यापार, पर्यटनलगायतका क्षेत्रमा असर परेको छ। स्ट्रट अफ हर्मुजको प्रयोगमार्फत ठूलो मात्रामा उर्जा निर्यात गर्ने भएकाले कतार र कुवेत विशेष रूपमा जोखिममा रहेका छन्।

हर्मुज जलमार्ग विश्वको महत्वपूर्ण उर्जा आपूर्ति मार्ग हो। यहाँ लामो समयसम्म अवरोध कायम रहेमा तेल तथा ग्यासको आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र विश्वव्यापी उर्जा बजारमा थप दबाब पर्न सक्ने अर्थविद्हरूको आकलन छ।

कतारसँग उल्लेख्य वित्तीय स्रोत रहेको छ। कतार इन्भेस्टमेन्ट अथोरिटी मार्फत व्यवस्थापन भइरहेको करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिले सरकारलाई तत्कालीन आर्थिक दबाब सामना गर्न केही राहत दिने देखिन्छ।

तर द्वन्द्व र ऊर्जा निर्यातमा अवरोध लामो समयसम्म कायम रहेमा सरकारी वित्तीय स्रोतमा थप दबाब पर्ने र थप खर्च कटौती गर्नुपर्ने अवस्था आउन सक्ने अधिकारी तथा अर्थविद्हरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.