बुर्ज अल अरबमा आगो, रास लाफान ध्वस्त: खाडीको सुरक्षा भ्रम भत्कियो
काठमाडौं । मध्यपूर्वमा फैलिएको ईरानसँगको युद्धले खाडी क्षेत्रका धनी र सुरक्षित ठानिएका शहरहरू जस्तै दुबई, अबु धाबी र दोहामा ठूलो त्रास फैलाएको छ। वर्षौंदेखि यी शहरहरूले आफूलाई युद्ध र अस्थिरताबाट टाढा राखेर विश्वका अरबपति, पर्यटक र अन्तर्राष्ट्रिय आयोजनाहरूको आकर्षक केन्द्र बनाएका थिए। तर फेब्रुअरी २८ मा अमेरिका र इसराइलले ईरानमाथि गरेको हमलापछि ईरानको जवाफी कारबाहीले...

