शनिबार, आश्विन ३१,२०८३ 10:07:53
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:07:53
Bizshala
Global IME Bank Limited

स्ट्रेट अफ हर्मुजमा तेल ट्यांकरमाथि हमला

Bizshala
स्ट्रेट अफ हर्मुजमा तेल ट्यांकरमाथि हमला
New Office

काठमाण्डौ। स्ट्रेट अफ हर्मुजमा एक तेल ट्यांकरमाथि अज्ञात प्रोजेक्टाइल प्रहार हुँदा जहाजको इन्जिन रुममा क्षति पुगेको छ। घटनापछि ट्यांकर सञ्चालनविहीन भएको ब्रिटिश मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले जनाएको छ।

यूकेएमटीओका अनुसार ट्यांकरका कप्तानले घटनाबारे जानकारी गराएका हुन्। घटना ओमानको जलक्षेत्रमा अल–शिशा क्षेत्रबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा भएको बताइएको छ।

सोमबार साँझ जारी गरिएको सूचनामा यूकेएमटीओले ट्यांकर अज्ञात प्रोजेक्टाइलको प्रहारमा परेको जनाएको छ। प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेपछि ट्यांकरको आवागमन रोकिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

घटनामा ट्यांकरका सबै चालक दलका सदस्य भने सुरक्षित रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

यसअघि पनि यूकेएमटीओले हर्मुज जलमार्गमा व्यावसायिक जहाजको आवागमनबारे सूचना जारी गरेको थियो। पछिल्लो ४८ घण्टामा उक्त समुद्री मार्गमा व्यावसायिक जल यातायात घटेको यूकेएमटीओले जनाएको छ।

स्ट्रेट अफ हर्मुज विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। विशेषगरी खाडी क्षेत्रबाट विश्व बजारतर्फ तेल तथा अन्य उर्जा सामग्रीको ढुवानीका लागि यो मार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ। पछिल्लो घटनाले उक्त क्षेत्रमा व्यावसायिक जहाजको सुरक्षालाई लिएर थप चिन्ता बढाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.