शनिबार, श्रावण २,२०८३ 04:57:58
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:57:58
Bizshala
Global IME Bank Limited

संयुक्त राष्ट्र संघले स्ट्रेट अफ हर्मुजमा फसेका ११ हजारभन्दा बढी नाविकको उद्धार गर्ने

संयुक्त राष्ट्र संघले स्ट्रेट अफ हर्मुजमा फसेका ११ हजारभन्दा बढी नाविकको उद्धार गर्ने
New Office

काठमाण्डौ । संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ) ले खाडी क्षेत्र र स्ट्रेट अफ हर्मुजमा फसेका करिब ११ हजारभन्दा बढी नाविकहरूको सुरक्षित उद्धारका लागि ठूलो स्तरको अभियान सुरु गर्ने घोषणा गरेको छ।

आईएमओका महासचिव आर्सेनियो डोमिन्गुएजका अनुसार यो अभियान ईरान, ओमान, संयुक्त राज्य अमेरिका तथा क्षेत्रका अन्य तटीय देशहरू र समुद्री उद्योगको सहकार्यमा सञ्चालन गरिनेछ। उनले यो पहललाई मानवीय दृष्टिले अत्यावश्यक भन्दै सुरक्षित समुद्री आवागमन पुनःस्थापना गर्ने दिशामा महत्वपूर्ण कदम बताएका छन्।

संगठनले पछिल्ला महिनाहरूमा खाडी क्षेत्रमा जारी तनाव र सैन्य गतिविधिका कारण सयौं जहाजहरू प्रभावित भएको जनाएको छ । जसले हजारौं नाविकहरूलाई लामो समयदेखि समुद्रमै रोकेको थियो ।

हालै अमेरिका र ईरानबीच भएको अस्थायी सम्झौतापछि समुद्री मार्गहरू पुनः सुरक्षित बनाउने प्रयास सुरु गरिएको छ। सोही सहमतिअनुसार आईएमओले उद्धार तथा सुरक्षित पारगमनको तयारी अघि बढाएको हो।

डोमिन्गुएजले सबै तटीय देशहरूलाई सहयोग गर्न आग्रह गर्दै नाविकहरूको सुरक्षा र उनीहरूको मानव अधिकारको सुनिश्चितता पहिलो प्राथमिकता भएको स्पष्ट पारेका छन्।

संयुक्त राष्ट्रसंघीय निकायहरूले यो अवस्थालाई पछिल्ला वर्षहरूमा समुद्री यातायात क्षेत्रमा देखिएको सबैभन्दा गम्भीर संकटमध्ये एकको रूपमा वर्णन गरेका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.