मंगलवार, भाद्र ९,२०८३ 05:29:06
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 05:29:06
Bizshala
Global IME Bank Limited

बच्चा जन्माउन प्रोत्साहन गर्दै सिंगापुर, प्रत्येक बच्चाका लागि १७ वर्षसम्म ५५ हजार डलर दिने

बच्चा जन्माउन प्रोत्साहन गर्दै सिंगापुर, प्रत्येक बच्चाका लागि १७ वर्षसम्म ५५ हजार डलर दिने
New Office

काठमाण्डौ । घट्दो जन्मदरलाई उल्ट्याउने प्रयासस्वरूप सिंगापुर सरकारले प्रत्येक बच्चाका लागि जन्मदेखि १७ वर्षको उमेरसम्म करिब ७० हजार सिंगापुर डलर बराबरको सरकारी सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यो रकम करिब ५५ हजार अमेरिकी डलर बराबर हो।

प्रधानमन्त्री लरेन्स वङले वार्षिक राष्ट्रिय दिवस र्‍यालीका क्रममा नयाँ पारिवारिक सहायता प्याकेज घोषणा गर्दै यसलाई परिवारलाई सहयोग गर्ने सरकारी नीतिमा ‘मूलभूत परिवर्तन’का रूपमा व्याख्या गरेका छन्।

नयाँ योजनाअन्तर्गत बच्चा जन्मिएपछि परिवारले सुरुवातमै १० हजार डलरको बेबी गिफ्ट प्राप्त गर्नेछन्। बच्चा १७ वर्ष पुगेपछि उच्च शिक्षाका लागि पनि यस्तै प्रकारको सहायता उपलब्ध गराइनेछ। यसबाहेक शिक्षा, स्वास्थ्य सेवा र बाल हेरचाहका लागि थप अनुदान तथा प्रिस्कुल बालबालिकाका लागि नर्सरी शुल्क घटाउने व्यवस्था गरिनेछ।

सरकारले बाल हेरचाह बिदाको अवधि पनि विस्तार गर्ने भएको छ। यसअन्तर्गत बिदाको सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ, जसका कारण रोजगारदातामाथि थप आर्थिक भार पर्ने छैन।

सरकारको विश्वासमा यसले अभिभावकलाई रोजगारी दिने वा भविष्यमा सन्तान जन्माउने सम्भावना भएका कर्मचारीलाई नियुक्त गर्दा रोजगारदाताले अतिरिक्त खर्चको चिन्ता गर्नुपर्ने अवस्था कम गर्नेछ।

Bizshala
CG Motors

सहुलियतपूर्ण सार्वजनिक आवासका लागि आवेदन दिने परिवारलाई पनि थप प्राथमिकता दिइने भएको छ। सार्वजनिक आवासको आवंटनका लागि हुने चिठ्ठा प्रणालीमा परिवारमा बच्चाको संख्या बढ्दै जाँदा छनोट हुने सम्भावना पनि बढाइनेछ।

प्रधानमन्त्री वङले परिवारहरू आर्थिक तथा सामाजिक दबाबमा रहेको उल्लेख गर्दै सन्तान जन्माउने निर्णय गर्ने परिवारलाई सरकारले थप वर्षसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंगापुर लामो समयदेखि घट्दो प्रजननदरको चुनौतीसँग जुधिरहेको छ। पछिल्लो सर्वेक्षणअनुसार १८ देखि ४४ वर्ष उमेर समूहका सिंगापुरवासीमध्ये करिब चारमध्ये एक जनासँग सन्तान छैन र भविष्यमा पनि सन्तान जन्माउने योजना छैन।

सिंगापुरले सन् २००१ मा ‘बेबी बोनस’ कार्यक्रम सुरु गर्दा देशको प्रजननदर १.४१ थियो। एक दशकपछि यो दर १.२ मा झरेको थियो भने गत वर्ष ०.८७ मा पुगेको छ, जुन देशको अहिलेसम्मकै न्यून स्तर हो।

यो दर जापानको १.१४ भन्दा पनि कम हो र विश्वकै न्यून प्रजननदर भएका देशमध्ये सिंगापुरलाई राख्छ।

विकसित अर्थतन्त्र भएका अन्य देशजस्तै सिंगापुरले पनि सन्तान हुर्काउने बढ्दो खर्च, आवासको महँगो लागत र करिअरमा पर्न सक्ने प्रभावका कारण मानिसहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्न कठिनाइ भोगिरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X