बिहीबार, भाद्र ४,२०८३ 09:28:38
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 09:28:38
Bizshala
Global IME Bank Limited

केन्यामा हेलिकोप्टर दुर्घटना, इक्वेडरका गुप्तचर प्रमुखसहित सात जनाको मृत्यु

केन्यामा हेलिकोप्टर दुर्घटना, इक्वेडरका गुप्तचर प्रमुखसहित सात जनाको मृत्यु
New Office

काठमाण्डौ । केन्यामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिशेल सेन्सी कोन्टोगी र उनकी पत्नी स्टेफनी होलिहानसहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँच जना अमेरिकी नागरिक रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

केन्याको साम्बुरु काउन्टीमा भएको दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख कोन्टोगी र उनकी पत्नी पनि परेका छन्। दुर्घटनामा हेलिकोप्टरमा सवार सबै सात जनाको मृत्यु भएको बताइएको छ।

Bizshala
CG Motors

केन्या सिभिल एभिएसन अथोरिटीका अनुसार हेलिकोप्टर लुइसाबा क्षेत्रमा रहेको संरक्षित वन्यजन्तु क्षेत्रबाट इवासो न्यीरो नदीतर्फ हवाई यात्रामा निस्किएको थियो। इवासो न्यीरो केन्याका विभिन्न क्षेत्र हुँदै बग्ने प्रमुख नदीमध्ये एक हो।

हेलिकोप्टर दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। घटनापछि केन्याको यातायात मन्त्रालय तथा एयर एक्सिडेन्ट इन्भेस्टिगेसन विभागले दुर्घटनाबारे अनुसन्धान गर्ने भएका छन्।

अनुसन्धानका क्रममा हेलिकोप्टर दुर्घटनामा पर्नुको कारण, उडानका क्रममा देखिएको अवस्था तथा घटनासँग सम्बन्धित अन्य परिस्थितिबारे विस्तृत अध्ययन गरिने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.