सोमबार, आश्विन ५,२०८३ 03:37:49
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 03:37:49
Bizshala
Global IME Bank Limited

एमबाप्पेले नाइकी छाडेर ‘अन’सँग गरे नयाँ सम्झौता

एमबाप्पेले नाइकी छाडेर ‘अन’सँग गरे नयाँ सम्झौता
New Office

काठमाण्डौ। फ्रान्स तथा रियल म्याड्रिडका स्टार खेलाडी किलियन एमबाप्पेले करिब दुई दशक लामो नाइकीसँगको सहकार्य अन्त्य गर्दै स्विस स्पोर्ट्सवेयर कम्पनी ‘अन’सँग नयाँ साझेदारी गरेका छन्। फुटबल क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने तयारी गरिरहेको अनका लागि एमबाप्पेसँगको सम्झौतालाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

एमबाप्पे सन् २००६ मा बाल्यकालमै नाइकसँग आबद्ध भएका थिए। त्यसयता उनी विश्व फुटबलका चर्चित खेलाडीमध्ये एकका रूपमा स्थापित भएका छन्। उनी पेरिस सेन्ट जर्मेन, फ्रान्सेली राष्ट्रिय टोली तथा फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा एमबाप्पे टोलीका प्रमुख सदस्य थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ साझेदारीबारे प्रतिक्रिया दिँदै एमबाप्पेले आफूले नयाँ सिर्जना र नवप्रवर्तनमा आफ्नो अनुभव तथा दृष्टिकोण प्रयोग गर्ने अवसरका कारण अनसँग सहकार्य गर्न इच्छुक भएको बताएका छन्। उनले फुटबलप्रतिको उत्साहलाई कायम राख्दै नयाँ सम्भावनाहरू खोज्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरेका छन्।

अनका संस्थापक तथा सह–प्रमुख कार्यकारी अधिकृत डेभिड एलेमनले फुटबलमा परम्परागत शैली दोहोर्‍याउनेभन्दा नयाँ सोच र नवप्रवर्तन आवश्यक रहेको बताएका छन्। कम्पनीले एमबाप्पेसँगको सहकार्यबाट फुटबल क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने जनाएको छ।

एमबाप्पे यसअघि विश्वका शीर्ष फुटबल खेलाडीलाई प्रायोजन गर्दै आएको नाइकसँग लामो समयदेखि आबद्ध थिए। नाइकले पनि एमबाप्पेसँगको सहकार्यलाई सकारात्मक रूपमा स्मरण गर्दै उनको आगामी करियरका लागि शुभकामना दिएको छ। कम्पनीका अनुसार करिब दुई दशकको सहकार्यका क्रममा एमबाप्पे नाइक फुटबलको महत्वपूर्ण हिस्सा बनेका थिए।

अनले पछिल्लो समय आफ्नो मुख्य रनिङ स्पोर्ट्सवेयर व्यवसायभन्दा बाहिर फुटबललगायत अन्य खेल क्षेत्रमा विस्तार गर्ने रणनीति अघि बढाएको छ। एमबाप्पेसँगको सम्झौता त्यही विस्तार योजनाअन्तर्गतको महत्वपूर्ण कदम मानिएको छ।

यद्यपि, विश्लेषकहरूले फुटबल बजारमा प्रवेश गर्नु निकै महँगो र प्रतिस्पर्धात्मक हुने बताएका छन्। जेफरिजका विश्लेषकहरूले खेलाडीको स्टारडमले मात्र कुनै ब्रान्डलाई सम्बन्धित खेलको प्रभावशाली ब्रान्ड बनाउन पर्याप्त नहुने टिप्पणी गरेका छन्। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.