शुक्रबार, आश्विन ३०,२०८३ 11:37:20
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 11:37:20
Bizshala
Global IME Bank Limited

कृष्णभीरमा फेरि पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध

Bizshala
कृष्णभीरमा फेरि पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध
New Office

काठमाण्डौ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा पुनः पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडक माथिबाट ठूला ढुङ्गा र चट्टानसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गरेपछि कृष्णभीरमा ठूलो पहिरो गएको थियो। पहिरो गएको स्थानभन्दा माथि करिब २७० मिटर नयाँ ट्र्याक खोल्दै ग्राभेल गरेपछि गत असोज १ गतेदेखि मात्रै उक्त सडकखण्डमा दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले सास्ती बेहोर्नुपरेको छ। लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिमसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ।

सडक खुलाउन पहिरो हटाउने तयारी भइरहेको भए पनि वर्षा नरोकिएसम्म उद्धार तथा सडक सञ्चालनको काम प्रभावित हुन सक्ने बताइएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.