बिहीबार, कार्तिक १९,२०८३ 07:27:01
  • बिहीबार, कार्तिक १९,२०८३ 07:27:01
Global IME Bank Limited

ऊर्जामन्त्री श्रेष्ठको मन्त्रालयमा आकस्मिक अनुगमन, कर्मचारीका गुनासा सुने

Bizshala
ऊर्जामन्त्री श्रेष्ठको मन्त्रालयमा आकस्मिक अनुगमन,  कर्मचारीका गुनासा सुने
New Office

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।

मन्त्रालयको सेवा प्रवाह, कार्यसम्पादन र प्रशासनिक गतिविधिलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्री श्रेष्ठ विभिन्न महाशाखा र शाखामा पुगेर कामकारबाही तथा कार्यप्रगतिको अवस्थाबारे जानकारी लिएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अनुगमनका क्रममा उनले कर्मचारीसँग प्रत्यक्ष छलफल गर्दै कार्यसम्पादनका क्रममा देखिएका समस्या, चुनौती तथा गुनासा सुने। साथै मन्त्रालयका कामलाई थप प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक निर्देशनसमेत दिए।

मन्त्री श्रेष्ठले मन्त्रालयमा रहेका महत्वपूर्ण कागजात तथा दस्तावेज व्यवस्थित राख्न, अभिलेख व्यवस्थापन चुस्त बनाउन तथा कार्यालयको भौतिक संरचनाको मर्मतसम्भार र सौन्दर्यकरणमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्।

Garima Development Bank
Bizshala
IME remit

उनले सेवाग्राहीबाट प्राप्त जनगुनासो, त्यसको सम्बोधनको अवस्था तथा आगामी दिनमा मन्त्रालयले अघि बढाउनुपर्ने कार्ययोजनाबारे समेत सम्बन्धित अधिकारीसँग ब्रिफिङ लिएका थिए।

मन्त्रालयको कामकारबाहीलाई व्यवस्थित, सेवाग्राहीमैत्री र परिणाममुखी बनाउँदै प्रशासनिक कार्यसम्पादनमा देखिएका कमजोरी सुधार गर्न अनुगमनलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.