बुधबार, भाद्र ३,२०८३ 08:50:57
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:50:57
Bizshala
Global IME Bank Limited

दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता

दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी जुलिएन चेभिलार्डले हस्ताक्षर गरे ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरागर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Bizshala
CG Motors

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाईएको छ ।  

चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने छ । राष्ट्रसंघीय एजेन्सीसंग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपुर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।  

युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पुरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसंग गरिएको सहकार्य अति नै महत्वपुर्ण भएको उनले बताए ।

निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधी विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताए । नेपालको हिमालहरुलाई जोगाउन तथा जलवायु परिवर्तन विरुद्ध चेम्बरसंग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.