काठमाण्डौ । १७ औँ वाणिज्य बैंकको रुपमा २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २२ औँ वर्ष पुरा गरेको छ । बैंक सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत,
सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यसैगरी, बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता,टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथ–साथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गर्नु भएका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ल्याएको छ । यस अफर सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; काठमाण्डौ र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहकवहरु एवं स्थानीयवासीहरु गरी १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको बैंकले जनाएको छ ।