काठमाण्डौ । सिद्धार्थ बैंकको जनकपुर शाखा कार्यालयका ‘शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ’ एवं ‘बैंकबाट कर्जा असुली प्रक्रियामा अनियमितता गरेको’ भनी विभिन्न संचार माध्ययमहरुबाट प्रकाशित÷प्रसारित समाचारप्रती यस बैंकको गम्भिर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
वास्तविकता भन्दा बाहिर गइ सम्प्रेषित समाचारले यस बैंक, बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम सिर्जना भएकोले उक्त घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्प्रेषण गर्न आवश्यक देखिएकाले प्रेस विज्ञप्ती जारी गरिएको बैंकले जनाएको छ ।
‘यस बैंकको क्षीरेश्वर शाखा कार्यालय तथा जनकपुर शाखा कार्यालयबाट कर्जा उपभोग गर्नुभएका ऋणीहरुले बैंकलाई भुक्तानी गर्नुपर्ने सावाँ एवं ब्याज निर्धारित भाखा नाघेको लामो समयसम्म पनि चुक्ता भुक्तान नगरे पश्चात बैंकले पटक–पटक मौखिक एवं लिखित रुपमा पत्राचार गरेको, ३५ दिने सार्वजनिक सूचना मार्फत जानकारी गराएको, सो समयावधी भित्र समेत कर्जा राफसाफ नगर्नु भएकोले कानून बमोजिम कर्जा असुलीको थप प्रक्रिया स्वरुप धितो लिलामीको लागि दोस्रो पटक सूचना प्रकाशन गर्दा रितपुर्वक प्राप्त बोलपत्रमध्येबाट आवश्यक प्रक्रिया पुरा गरि स्विकृत बोलपत्रदाताको नाममा दा.खा. नामसारी गरेको व्यहोरा जानकारी गराउँदछौँ । यसरी बैंकले विद्यमान कानूनी प्रक्रिया एवं प्रचलित बैकिङ्ग अभ्यासको पद्धति अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा असहमति जनाई ऋणी÷धितोजमानतदाता समेतको संलग्नतामा मिति २०८१ साल पौष ११ गते, १२ गते तथा १४ गतेका दिन केही व्यक्तिहरुले बैंकको विद्यापति चोक, रामानन्द चोक एवं जनकपुर शाखा कार्यालयमा धर्ना दिने, नाराबाजी गर्ने लगायतका क्रियाकलाप गरि बैंक संचालनमा समेत व्यवधान खडा भएको थियो,’विज्ञप्तीमा भनिएको छ, ‘बैंकले स्थानीय सुरक्षा निकायहरुसंग समन्वय गरी सो सम्बन्धमा जानकारी गराएको, सुरक्षा निकायका प्रतिनिधिहरु बैंकको जनकपुर शाखा कार्यालयमा आएपश्चात छलफल/वार्ताको लागि प्रहरी कार्यालय उपयुक्त स्थान हुनेभनी सुरक्षा निकायका पदाधिकारीहरुको सुझाव बमोजिम मिति २०८१ साल पौष ११ गतेबैंकको शाखा प्रबन्धक तथा कर्जा हेर्ने कर्मचारी समेत जिल्ला प्रहरी कार्यालयमा आवश्यक छलफलका लागि जाँदाको अवस्थालाई केही व्यक्तिहरुलेभिडियो खिची सोही आधारमा बैंकको शाखा प्रबन्धक पक्राउ भनी भ्रामक समाचार प्रशारण÷प्रकाशन भएकोमा यसमा सत्यता नभएको एवं स्वीकृत कर्जाको शर्त अनुरुप बैंकको कर्जा भुक्तान नगर्नुभएका ऋणीको प्रचलित कानूनी प्रक्रिया अवलम्बन गरेर बैंकले धितो लिलामीको प्रक्रिया सम्पन्न गरेको व्यहोरा समेत जानकारी गराँउदै यस सम्बन्धमा प्रकाशित÷प्रसारित समाचारमा सत्यता नरहेको व्यहोरा जानकारी गराँउदछौँ ।’
विज्ञपतीमा बैंकले विद्यमान कानूनी प्रक्रिया एवं प्रचलित बैकिङ्ग अभ्यासको पद्धति अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा सम्बन्धित पक्षहरुलाई चित्त नबुझेको खण्डमा प्रचलित कानून बमोजिम सक्षम निकाय समक्ष न्यायिक उपचारका लागि जान सकिने अवस्था सदैव रहन्छ । कानूनी प्रक्रिया तर्फ नगई बैंक जस्तो संवेदनशील संस्थाको सेवा नै अवरुद्ध हुनेगरि वाधा व्यवधान सिर्जना गर्नु उचित नहुने बैंकको धारणा रहेको उल्लेख छ । साथै, बैंक जस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्वाध रुपमा संचालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबैमा आग्रह समेत गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                