बुधबार, भाद्र २५,२०८२ 09:31:46
  • बुधबार, भाद्र २५,२०८२ 09:31:46
Global IME Bank Limited

अहिलेसम्मकै पातलो ‘आइफोन १७ एयर’ ल्याउने तयारीमा एप्पल, यस्ता हुनेछन् विशेषता

Hyundai Nepal
अहिलेसम्मकै पातलो ‘आइफोन १७ एयर’ ल्याउने तयारीमा एप्पल, यस्ता हुनेछन् विशेषता

काठमाण्डौ । पछिल्लो दुई महिना यतादेखि आईफोन १७ एयरको निकै चर्चा भईरहेको छ । यो वर्ष एप्पलले एउटा विशेष आईफोन मोडल लञ्च गर्ने तयारी गरिरहेको खबर बाहिरिएको छ । यो फोनको नाम ‘आईफोन १७ एयर’ हुने जनाइएको छ ।  

यो फोनलाई लिएर बजारमा थुप्रै खाले दाबीहरु प्रस्तुत गरिएका छन् । रिपोर्टका अनुसार यो फोन अहिलेसम्मकै सबैभन्दा धेरै पातलो र हल्का हुनेछ । वर्तमानको आईफोन १६ प्रो को तुलनामा आईफोन १७ एयर २ एमएम पातलो हुनेछ । यसको मोटाई ६.२५५ एमएम हुने जनाइएको छ ।  

अहिले सम्मको सबैभन्दा पातलो आईफोन सिरिजमा आईफोन सिक्स रहेको छ । जसको मोटाई ६.९ एमएम थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

डिजाइनको कुरा गर्दा यो स्टेनलेस स्टिल वा टाइटानियमको हुने छैन । कम्पनीले यसको बाहिरी आवरणका लागि आल्मुनियम प्रयोग गर्ने जनाइएको छ ।  

यसमा ६.६ इन्चको डिस्प्ले प्रदान गरिने सम्भावना रहेको छ र यसमा ए१९ चिपसेट प्रयोग गरिनेछ । यो फोनको क्यामेरा लोकेशन पनि परिवर्तन हुनेछ । रिपोर्टका अनुसार आईफोन १७ एयरको रियर टप सेन्टरमा क्यामेरा मोड्युल हुनेछ । तर यसमा केवल एउटा मात्रै क्यामेरा हुनेछ । यसमा पिक्सेल ८ प्रो को क्यामेरा मोडल हुने जनाइएको छ ।  

यसमा प्रयोग हुने एन्टिरिफ्लेक्टिभ कोटिङका कारण यो फोन स्क्रायच रेसिस्टेन्ट हुनेछ । यसका साथै यसमा ओएलईडी डिस्प्ले पनि दिइनेछ । र कम्पनीले पहिलोपटक नन प्रो मोडलमा पनि प्रो मोसन डिस्प्ले प्रयोग गर्नेछ ।  

यसमा २४ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुनेछ र यसमा ६ एलिमेन्ट लेन्स प्रयोग हुनेछ । एप्पलले हालसम्म १२ पिक्सेलको सेल्फि क्यामेरा दिदै आएको थियो ।  

यो फोन पातलो हुने भएकाले यसमा ब्याट्री पनि कम पावरकै प्रयोग हुनेछ । कम्पनीले यो पटक आईफोन १७ प्लसलाई लञ्च नगरेर सिधै आइफोन १७ एयर लञ्च गर्ने सम्भावना रहेको रिपोर्टमा जनाइएको छ । यसको मूल्य प्रि मोडल जत्तिकै हुने अनुमान गरिएको छ । अर्थात यो फोन सस्तो भने हुने छैन ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.