काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लहान शाखाका विषयमा सामाजिक सञ्जालमा आएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैंकको शाखा कार्यालय लहानका प्रबन्धक लगायतका कर्मचारीहरुलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवाअन्तर्गत रहेको बैंकिङ सेवानै ठप्प हुनेगरी दैनिक कामकाज गर्न वाधा पुग्ने गरी बैंकमा तालावन्दी ढुङ्गा मुढा तथा होहल्ला गर्नाका साथै बैंकिङ सेवा वन्द गर्ने लगायतको कार्यप्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
यसरी सत्यतथ्य भन्दा बाहिर गई वास्तविकता भन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले यस बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम श्रृजना भएको तथा बैंकको सेवा प्रवाह अवरुद्ध भएको छ । यस खालका अमर्यादीत एवं अवाञ्छित व्यवहार गरी बैंक जस्तो संवेदनशिल स्थानमा हुलहुज्जत भएको घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्प्रेषण गर्न आवश्यक देखिएकोले यो प्रेष विज्ञप्ति जारी गरिएको बैंकले जनाएको छ ।
‘यस बैंकको लहान शाखा कार्यालयबाट मिति २०७७ फागुन १५ देखि सरल कृषि कर्जा र व्यक्तिगत ओभरड्राफ्ट शीर्षक अन्तर्गतको कर्जा उपभोग गर्नु भएका कर्जा ग्राहक जिल्ला सिराहा, लहान नगरपालिका वडा नं २ बस्ने रामचन्द्र यादवले बैंकलाई भुक्तानी गर्नुपर्ने साँवा एवं व्याज कर्जा सम्झौता बमोजिम तोकिएको समयमा भुक्तानी नगरी निर्धारित भाखा नाघेको र लामो समयसम्म पनि कर्जा चुक्ता÷भुक्तान नगरे पश्चात बैंकले पटक पटक मौखिक एवं लिखित रुपमा पत्राचार गरी ताकेता गरेको र यसै सन्दर्भमा मिति २०७९ वैशाख २० मा २१ दिने सार्वजनिक सुचना मार्फत जानकारी गराएको, सो समयावधि भित्र समेत कर्जा राफ साफ नगर्नु भएकोले बैंकको प्रचलित कर्जा असुली कार्यविधि तथा प्रचलित नियम बमोजिम कर्जा असुलीको थप प्रकृया स्वरुप धितो लिलामीको लागि पहिलो पटक मिति २०७९ माघ २३ गते, दोस्रो पटक मिति २०८० जेठ १७ गते र तेस्रो पटक मिति २०८० मंसिर ४ गते राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशन गरी भाखा नाघेको कर्जाको साँवा र व्याज तिर्न वारम्वार मौका दिएको अवस्थामा समेत भाखा नाघेको कर्जाको साँवा र व्याज भुक्तानी गर्न चासो नदिई बसेको हुँदा नियम सम्मत चौथो पटक मिति २०८१ असोज ८ मा धितो लिलामी सुचना प्रकाशन गर्दा रीतपूर्वक प्राप्त शीलबन्दी बोलपत्र मध्येबाट आवश्यक प्रकृया पुरा गरी बोलपत्र स्वीकृत गर्नुको साथै शीलबन्दी बोलपत्र कवोल गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा गरेको व्यहोरा जानकारी गराउँदछौं, ’ बैंकद्वारा विज्ञप्तीमा भनिएको छ ‘यसरी बैंकले विद्यमान कानूनी प्रकृया एवं प्रचलित बैंकिङ्ग अभ्यासको पूर्ण अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रकृयामा असहमति जनाई ऋणी÷धितो जमानत दाता समेतको संलग्नतामा मिति २०८१ पुस ११ गते र २३ गतेका दिन केही व्यक्तिहरुले यस बैकको लहान शाखाको प्रांगण आसपास तथा लहान बजार भरी भ्रम सिर्जना हुनेगरी गलत प्रचार प्रसार नाराबाजी गर्ने, हुल हुज्जत गर्ने सामाजिक संजाल तथा अन्य संचार माध्यममा सत्य तथ्य विपरित अनर्गल तथा कपोलकल्पित समाचार सम्प्रेषण गरी जनमानसमा भ्रम श्रृजना गर्ने तथा बैंकको नियमित कारोवार सञ्चालनमा बाधा पुग्ने गरी कार्यालयमा तालावन्दी गर्नुका साथै कर्मचारीहरुमाथि अमर्यादीत तरिकाले गालि गलौज र धाकधम्की दिई बैंकको मुल गेटमा समेत पाल विच्छाई धर्नामा वसी बैंक सञ्चालनमा समेत बाधा पुयाएकोमा आज पुनः निज ऋणी सहितको अराजक भीड जम्मा भई यस बैंकको लहान शाखामा तालावन्दी गर्ने, ढुङ्गामुढा तथा तोडफोड गर्ने जस्ता अवाञ्छित गतिविधि गरी बैंकको भौतिक सम्पत्तिको नोक्सानी गराउने, बैंकको सेवा अवरुद्ध गराउने तथा बैंक कर्मचारीहरुको सुरक्षामा समेत गंभीर आँच आउन सक्ने खालका गैर कानूनी तथा अवाञ्छित कार्य भएको छ ।
निज ऋणी लगायत आन्दोलन र धर्ना दिने व्यक्तिहरु कानूनी उपचार खोज्नु भन्दा पनि बैंकको बदनाम तथा विरोध गर्ने र अफवाह फैलाउने, बैंकको भौतिक सम्पत्तिको क्षति गराउने, बैंक कर्मचारीहरुको मनोवल गिराउने तथा समग्र बैंकिङ सेवा अवरुद्ध गराउने तर्फ उद्यत देखिएकोले यस्ता खालको गैर कानूनी अवाञ्छित गतिविधि प्रति घोर भर्त्सना गर्दै आपत्ति सहित बैंकले खेद प्रकट गरेको छ।
यसरी गरिएको लिलाम प्रक्रिया चित्त नबुझेको खण्डमा कर्जा ग्राहक नियमानुसार कानूनी प्रकृयामा जानसक्ने अवस्था हुँदा हुँदै बैंक जस्तो सम्वेदनशील संस्थाको सेवा नै अवरुद्ध हुने गरी बाधा व्यवधान सिर्जना गर्नु कदापी उचित नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                