बुधबार, श्रावण २०,२०८३ 12:23:43
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:23:43
Bizshala
Global IME Bank Limited

झुत्रो नोट सटहीसम्बन्धी यस्तो छ राष्ट्र बैंकको व्यवस्था

झुत्रो नोट सटहीसम्बन्धी यस्तो छ राष्ट्र बैंकको व्यवस्था
New Office

काठमाण्डौ । पुराना झुत्रा नोटहरुलाई प्राय मानिसहरुले सटही गर्न नसकिने ठानेर वेवास्ता गरेका पाइन्छ । तर नेपाल राष्ट्र बैंकले यस्ता नोटहरु सटही गर्न सकिने व्यवस्था गरेको छ । आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोटकोष सञ्चालन गर्ने वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड) बाट साट्न सकिन्छ ।

नोटहरू धेरै मकिएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नको लागि भुत्रो नोटको पछाडिको भागमा सोही दरको सिङ्गो नोटबराबरको कागजको टुक्रा टाँसी साट्न सकिन्छ ।

धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जानसक्ने सम्भावना भएको) नोटको भने सट्टाभर्ना गरिदैन । यस्ता नोटहरू जफत गरिन्छ र सोको कारणसहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइन्छ । नोटलाई चाँडै भुत्रो हुनबाट बचाउन नोटको जतन गरी प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.