बिहीबार, चैत्र २१,२०८१ 03:28:22
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:28:22
IME remit
Global IME Bank Limited

झुत्रो नोट सटहीसम्बन्धी यस्तो छ राष्ट्र बैंकको व्यवस्था

Hyundai Nepal
झुत्रो नोट सटहीसम्बन्धी यस्तो छ राष्ट्र बैंकको व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । पुराना झुत्रा नोटहरुलाई प्राय मानिसहरुले सटही गर्न नसकिने ठानेर वेवास्ता गरेका पाइन्छ । तर नेपाल राष्ट्र बैंकले यस्ता नोटहरु सटही गर्न सकिने व्यवस्था गरेको छ । आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोटकोष सञ्चालन गर्ने वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड) बाट साट्न सकिन्छ ।

Shivam Cement
Bizshala
CG Motors

नोटहरू धेरै मकिएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नको लागि भुत्रो नोटको पछाडिको भागमा सोही दरको सिङ्गो नोटबराबरको कागजको टुक्रा टाँसी साट्न सकिन्छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जानसक्ने सम्भावना भएको) नोटको भने सट्टाभर्ना गरिदैन । यस्ता नोटहरू जफत गरिन्छ र सोको कारणसहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइन्छ । नोटलाई चाँडै भुत्रो हुनबाट बचाउन नोटको जतन गरी प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.