आईतवार, बैशाख ६,२०८३ 06:15:23
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 06:15:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कृषि विकास बैक कर्मचारी संघको रक्तदान कार्यक्रम सम्पन्न

Bizshala
कृषि विकास बैक कर्मचारी संघको रक्तदान कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । कृषि बिकास बैकको ५८ औ बार्षिकोत्सवको अवसरमा कृषि विकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले माघ ४ गते मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ । यसैगरी, कृषि विकास बैक कर्मचारी संघ नेपालको बिरेन्द्र नगर समिति चितवन र सुदुरपश्चिम प्रदेश समिति धनगढीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  

कृषि विकास बैक कर्मचारी संघ नेपालका अन्य प्रदेश समितिले माघ महिनाभित्र देशभरनै रक्तदान गर्ने कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रमको उद्देश्य रगतको अभावमा हुने मानव जीवनको क्षतीलाई न्यूनीकरण गर्नु र समाजमा सेवाभाव फैलाउनु रहेको छ । संघको नेतृत्वमा आयोजित यस रक्तदान कार्यक्रममा मु.का समितिअन्तर्गत  कुल १०१ युनिट  बिरेन्द्रनगर समितिअन्तर्गत ३५ युनिट र सुदुरपश्चिम समितीअन्तर्गत ३५ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरुको रगत अभाव पुरा गर्न सहयोग गर्ने विश्वास बैंकले लिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मुख्य कार्यालय समितिको कार्याक्रम पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य प्रसाद नेपालको प्रमुख आथित्यमा सम्पन्न भएको छ । साथै, बैक बीमा वित्तीय संस्था कर्मचारी संघ नेपाल( बिफु नेपाल ) का अध्यक्ष धर्मराज मैनाली , कृषि विकास बैक कर्मचारी संघको अध्यक्ष लिला जिसी तथा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रबन्धक,बिभागीय प्रमुख, शाखा प्रमुख सहितकर्मचारी ग्राहक तथा शुभचिन्तकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रमको उद्घाटन गर्दै पेशागत महासंघका अध्यक्ष पुण्य प्रसाद ढकाले रक्तदान जस्तो मानवीय कार्यमा सवैको सहभागीतालाई उच्च प्रशसा गर्दै बैक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानहरुलाई निरन्तरता दिन आग्रह गरे ।  

मु.का समिति सचिव सन्दिप रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य कर्मचारी संघ नेपालका सदस्य उमेश प्रसाईले गर्दै संघको यस कार्यक्रमले अस्पतालको वेडमा रगत अभावमा छटपटाईरहेका बिरामीलाई राहत पुग्ने कुरा गर्दै ट्रेड युनियनले सञ्चालन गर्ने सामाजिककार्यले समाज बैंकमा टे«ड युनियनको गरीमा वृद्धि गरेको कुरा उल्लेख गरे ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.