काठमाण्डौ । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन २४ गतेबाट हुने भएको छ ।
मर्ज भएश्चात कायम भएको नाम सामु्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो ।
नेपाल राष्ट्र बैंकले गत माघ २४ गते , नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।
सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते अलग अलग बसेको विशेष साधारण सभाबाट १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो । आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न १४ साँगामा रहनेछ।
एकीकृत कारोबार सुरु गर्दा संस्थाको तथ्यांकहरुलाई एउटै सफ्वेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवगस्था मिलाउनुपर्ने भएकाले आगामी फागुन २३ गते एक दिनका लागि बुक क्लोज गर्ने संस्थाले जनाएको छ ।