बुधबार, माघ ९,२०८१ 12:25:08
IME remit
  • बुधबार, माघ ९,२०८१ 12:25:08
IME remit
Global IME Bank Limited

नेपाली महिला उद्यमीहरुद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता, द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल

Hyundai Nepal
नेपाली महिला उद्यमीहरुद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता, द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधि मण्डलले थाइल्याण्डस्थित थाई चेम्बर अफ कमर्शका प्रतिनिधहरूसँग बैंककमा व्यवसायिक भेटवार्ता गरेको छ ।  

प्रतिनिधि मण्डलले थाई चेम्बर अफ कमर्शका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीहरुसँग द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल गरेको थियो ।

Bizshala
CG Motors
Sagarmatha Cement

सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश लाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासि प्रवद्र्धन विकास समितिका सदस्य निराजन चलाउने लगायत सहभागी रहेका थिए ।  

थाई चेम्बर अफ कर्मशको निमन्त्रणामा बैकक पुगेको प्रतिनिधमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेको थियो । यस्तै, नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तरराष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरि नेपालकमा लगानी गर्न पनि थाई व्यवसायीहरूलाई आग्रह गरेको थियो ।  

Muktinath Bikas Bank Limited

नेपाली व्यवसायीहरुलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताउनु भएको थियो । सो अवसरमा थाइल्याण्ड स्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिशन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.