सोमबार, फाल्गुन ४,२०८२ 05:55:17
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 05:55:17
Bizshala
Global IME Bank Limited

जानकी फाइनान्सको रिजर्भको आकार ४४.३१% ले बढ्यो, निक्षेप संकलनमा पनि उत्साहजनक वृद्धि

जानकी फाइनान्सको रिजर्भको आकार ४४.३१% ले बढ्यो, निक्षेप संकलनमा पनि उत्साहजनक वृद्धि
Shivam Cement

काठमाण्डौ । जानकी फाइनान्स कम्पनीको रिजर्भको आकार ४४.३१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म रिजर्भ कोषमा ४३ करोड ९ लाख बढी सञ्चित गरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले रिजर्भका लागि २९ करोड ४६ लाख रुपैयाँ छुट्टाएको थियो ।  

यद्यपी कम्पनीको रिटेन्ड अर्निङ भने ९६ करोढ ९८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप संकलन भने उत्साहप्रदक देखिएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ४८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०.६६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको थियो । कम्पनीको कजौ प्रवाहमा भने केही सुस्तता छाएको देखिन्छ । अघिल्लो आवमा ३ अर्ब १६ करोड रुपैयाँबराबरको कर्जा परिचालन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ३ अर्ब १३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको खुद ब्याज आम्दानीमा कमी आउदा मुनाफा ऋणात्मक बन्न पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी १० करोड १३ लाख रुपैयाँबाट घटेर १ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको खुद नाफा २४ करोड ८२ लाख रुपैयाँले ऋणात्मक बनेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीको खुद नाफा १९ लाख ८६ हजार रुपैयाँले धनात्मक थियो । यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी पनि २४ करोड ८२ लाख रुपैयाँले ऋणात्मक छ ।  

कम्पनीको इम्पेयरमेन्ट चार्ज चुलिएको छ । अघिल्लो आवमा ८ करोड १६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज २२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात पनि १९.९९ प्रतिशतबाट बढेर ४०.८८ प्रतिशत पुगेको छ ।  

खुद नाफामा कमी आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७१.९१ रुपैयाँले ऋणात्मक बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २१.९४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९५९.४२ रुपैयाँले ऋणात्मक, मूल्य आम्दानी अनुपात ९.३२ गुणा ऋणात्मक र तरलता अनुपात ०.८५ प्रतिशत कायम भएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले यी सूचकहरु क्रमिक रुपमा सुदृढ हुने अपेक्षा गरेको छ । आगामी दिनहरुमा गुणस्तरीय सेवा वृद्धि गर्नुका साथै समय सापेक्ष व्यवसायिक योजनाको तर्जुमा तथा कार्यान्वयन गर्ने, लगानीका नयाँ क्षेत्रहरुको खोजी गर्ने, नयाँ शाखाहरुको स्थापना गर्ने र व्यवसायिक विविधीकरण तथा ग्राहकको चाहना बमोजिम आधुनिक बैंकिङ्ग तथा वित्तीय सेवा तथा सुविधाहरु उपलब्ध गराउने जस्ता कुराहरुमा वित्तीय संस्थाको व्यवस्थापन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले व्यवसायको विकास र विस्तारका लागि नयाँ–नयाँ योजना र कार्यक्रमको खोजी गर्ने क्रममा लगानीका क्षेत्रहरुको विस्तार, व्यवसायिक संजालको वृद्धि, विविधिकरण र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिई सोहि बमोजिम कार्य सम्पादन गर्दै आएको जनाएको छ ।  

यस वित्तीय सस्थाको मौज्दात र नगद प्रवाहमा तात्विक असर पार्न सक्ने घटना, अवस्था समीक्षा अवधिमा नरहेको समेत कम्पनीले जनाएको छ ।  

वित्तीय क्षेत्रमा भएको बढ्दो प्रतिस्पर्धा, तरलता व्यवस्थापन, लगानीयोग्य उत्पादनशील क्षेत्रको अभाव, दक्ष जनशक्तिको आर्थिक वृद्धिदर, घरजग्गाको कारोबारमा आएको मन्दी आदिबाट श्रृजना हुनसक्ने जोखिमलाई कम्पनीले समस्या तथा लिएको छ। काबु भन्दा बाहिरका परिस्थिति बाहेक उपरोक्त चुनौती तथा समस्या समाधान गर्न आन्तरिक नियन्त्रण प्रणाली गरी ग्राहकमुखी सेवा प्रदान गर्ने तथा दक्ष जनशक्ति व्यवस्थापन गर्ने रणनीति कम्पनीले लिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.