काठमाण्डौ । लक्जरी कार निर्माता कम्पनी रोल्स रोयस र बेलायतको रक्षा मन्त्रालयत्रबीच आणविक पनडुब्बी रियाक्टरका लागि ९ अर्ब डलरबराबरको सम्झौता भएको छ । यो सम्झौता यी दुईबीच भएको हालसम्मकै ठूलो हो ।
बेलायतका रक्षा सचिव जोन हिलेले शुक्रबार डर्बीमा रहेको कम्पनीको आणविक रियाक्टरको भ्रमणका बेला यस सम्झौता बारे घोषणा गर्नेछन् । ‘युनिटी’ नाम दिइएको यो ८ वर्षे सम्झौता किफायति र वातावरणमैत्री रियाक्टरको डिजाइन, उत्पादन तथा सपोर्ट सर्भिसका लागि डिजाइन गरिएको छ ।
यो सम्झौताले बेलायतमा १ हजार बढी नयाँ रोजगारी सिर्जना हुनेछ । यसका साथै ४ हजार सेफगार्ड थप हुनेछन् ।