शुक्रबार, आश्विन २,२०८३ 03:15:57
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 03:15:57
Bizshala
Global IME Bank Limited

उन्नति सहकार्य लघुवित्तको नाफा १५५.९४% ले वृद्धि

उन्नति सहकार्य लघुवित्तको नाफा १५५.९४% ले वृद्धि
New Office

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा ६३ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम संस्थाले अघिल्लो आवको सोही अवधिमा आर्जन गरेको तुलनामा १५५.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खु्द नाफा २४ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।  

समीक्षा संस्थाको खुद ब्याज आम्दानी पनि ४५.३७ प्रतिशतले बढी हो । ८ करोड ६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी १० करोड ४४ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै संस्थाको रिटेन्ड अर्निङ १ करोड ७७ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार १० करोड १ लाख रुपैयाँबराबर रहेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ९८ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४९ लाख १५ हजार रुपैयाँको व्यवस्था गरेको थियो । संस्थाको खराब कर्जा अनुपात ५.७४ प्रतिशतबाट घटेर ४.८३ प्रतिशत पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब १३ करोड र कर्जा प्रवाह ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ४९ लाख ७८ हजार रुपैयाँ रहेको छ ।  

Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ५.१७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १३३.३७ रुपैयाँ,प्रतिसेयर मुल सम्पत्तिको मूल्य १५९८.२१ रुपैयाँ,मूल्य आम्दानी अनुपात २९०.०६ गुणा र तरलता अनुपात ४.११ गुणा कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.