आईतवार, बैशाख ६,२०८३ 02:18:41
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:18:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घर किन्ने सोचमा हुनुहुन्छ ? यी ५ कुरा ख्याल राख्नुहोस्, नत्र पर्नसक्छ यस्तो संकट

Bizshala
घर किन्ने सोचमा हुनुहुन्छ ? यी ५ कुरा ख्याल राख्नुहोस्, नत्र पर्नसक्छ यस्तो संकट
Shivam Cement

काठमाण्डौ । सधैँ अरुको घरमा डेरा गरी बस्ने चाहना कसैको पनि हुँदैन। प्रायः सबैको आफ्नै एउटा घर होस् भन्ने सपना हुन्छ। तर आफ्नै घरको सपना त्यति सजिलै भने पूरा हुन सक्दैन।  

अधिकांशले पैसाकै कमीका कारण आफ्नै घर बनाउने सपना पूरा गर्न सक्दैनन्। यदि तपाइँ पनि आफ्नै घर सपना पूरा गर्न चाहनुहुन्छ भने पैसा महत्वपूर्ण हुन्छ। पैसाका साथै घर किन्दा तपाइँले यी ५ कुरा भने अवश्यक ध्यान पुर्याउनुपर्ने हुन्छ।  

१. घर अहिले नै किन्ने कि केही वर्ष कुर्ने ?

घर किन्नुभन्दा पहिले तपाइँले आफूहरुलाई यो प्रश्न गर्नुपर्छ कि घर अहिले किन्ने कि केही वर्ष अझै कुर्ने रु यदि तपाइँलाई लाग्न कि तपाइँसँग पर्याप्त पैसा छैन र आउने दिनमा अरु कामका लागि थुप्रै पैसा खर्च हुन्छ भने घर किन्ने योजना केही वर्ष पर सार्न सकिन्छ।  

त्यस्तै यदि तपाइँलाई लाग्छ भने केही वर्ष तपाइँको परिवार अर्को सहरमा सिफ्ट हुनेछ वा अहिलेकै सहरको अर्को ठाउँमा सिफ्ट हुने सम्भावना भने घर किन्ने योजना पर सार्दा पनि हुन्छ।  

यसैगरी केही वर्षपछि तपाइँलाई पुरानो प्रपर्टी वा अन्य कतैबाट एकमुष्ठ रकम आउँदैछ भने तपाइँ तत्काल घर किन्ने योजनालाई केही वर्षका स्थगित गर्न सक्नुहुन्छ । किनकि यस्तो गरेमा तपाइँलाई घर किन्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनुपर्ने झन्झट हुने छैन।

२. जुन घर किन्न खोज्दै हुनुहुन्छ, त्यसबारे पूर्ण जानकारी लिनुहोस्

यदि तपाइँले कुनै घर किन्ने योजना बनाउनु भएको छ भने पहिले त्यो घरका बारेमा सम्पूर्ण जानकारी लिनुहोस्। घर किन्दा सबैभन्दा पहिले तपाइँले त्यो पायक छ कि छैन भन्ने विचार गर्नुपर्छ । त्यहाँबाट कार्यालय जान र छोराछोरीलाई स्कुल जान तथा किनमेल गर्न कत्तिको सहज हुन्छ भन्ने विषयमा विचार गर्नुपर्छ।  

यसैगरी किन्न लागेको घरमा कुनै लफडा त छैन भन्ने विषयमा पनि विचार गर्नुपर्छ। किनकि घर किन्दा ठूलो धनराशि चाहिन्छ। यदि पछि कुनै लफडाकै कारण ठूलो धनराशि खर्चेर किनेको घर सस्तैमा बेच्नुपर्दा आममानिसलाई निकै पीडादायी बन्न सक्छ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै घर किन्दा मूल्यसँगै क्षेत्रफल, पानीको सुविधा, पार्किङका साथै गुणस्तरको नापजाँच गर्नुपर्छ। यस्ता जानकारी लिन बरु धेरै समय लागोस् तर आफू पूर्ण रुपमा विश्वस्त भएपछि मात्र घर किन्नुहोस्।

३. बनेको घर किन्ने कि आफैँ बनाउने ?

यदि पैसाको तुलना नै गर्ने हो भने बनेको घर किन्नुभन्दा आफैँले घर बनाउनु किफायती हुन सक्छ। बनेको घर किन्दा महँगो पर्न सक्छ जब कि आफैँले बनाउँदा सस्तो पर्न जान्छ। यसबाट तपाइँले लाखौँ रुपैयाँ बचाउन सक्नुहुन्छ भने आफ्नो डिजाइनअनुसार घर निर्माण गर्न सक्नुहुन्छ ।

यदि तपाइँलाई अहिले भाडामा बसेको घरमा बस्नलाई समस्या छैन वा भाडा पनि त्यति धेरै छैन भने बरु केही समय लगाएर घर बनाउँदा नै उचित हुन्छ। तर यदि त्यस्ता समस्याहरु छ भने बनेको घर विचार पुर्याएर किन्दा पनि हुन्छ।  

४. कति र कति वर्षका लागि लिने घर कर्जा ?  

तपाइँ घर किन्दै हुनुहुन्छ तर तत्काल पूरै पैसा दिन सक्ने अवस्था छैन भने कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट घर कर्जा लिन सक्नुहुन्छ। तर घर कर्जा लिँदा कति लिने र कति वर्षका लागि भन्ने योजना आफैँ बनाउनुपर्छ । आफ्नो आम्दानीको हिसाबले घर कर्जा लिँदा उचित हुन्छ ता कि मासिक किस्ताबन्दी तिर्न सहज होस्।  

CG Motors
Garima Development Bank
IME remit

५. आम्दानीको स्रोत के–के हुन सक्छ ?

यदि तपाइँले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई घर किन्नुभएको छ भने मासिक किस्ता ९साँवा–ब्याज० भुक्तानी गर्नुपर्ने हुन्छ। यसका लागि तपाइँले मासिक निश्चित रकम छुट्याउनुपर्ने हुन्छ। यदि तपाइँले समयमै मासिक किस्ता तिर्नु भएन भने बैंक तथा वित्तीय संस्थाले पेनाल्टी लगाउन सक्छन्। त्यसैले कर्जा लिएर घर किन्दै हुनुहुन्छ भने पहिले मासिक किस्ताबन्दी नियमित तिर्ने स्रोत पहिचान गर्नुहोस् । यसका लागि यदि तपाइँको मासिक आम्दानीले पुग्दैन भने पार्ट टाइम काम गरेर अतिरिक्त आम्दानीको स्रोत जुटाउन सक्नुहुन्छ।

यसैगरी तपाइँले आफ्नो आम्दानी केही प्रतिशत रकम नियमित रुपमा कुनै एउटा फन्डमा जम्मा गर्न सक्नुहुन्छ। ता कि यदि कुनै कारणवश तपाइँको जागिर गयो भने पनि केही महिनाका लागि उक्त फन्डबाट बैंकको मासिक किस्ताबन्दी तिर्न कुनै समस्या नहोस्। – एजेन्सीको सहयोगमा

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.