आईतवार, माघ २०,२०८१ 04:35:14
IME remit
  • आईतवार, माघ २०,२०८१ 04:35:14
IME remit
Global IME Bank Limited

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटलाई लिएर विवाद खडा नगर्न पूर्व प्रधानमन्त्री नेपालको भारत सरकारसँग अनुरोध

Hyundai Nepal
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटलाई लिएर विवाद खडा नगर्न पूर्व प्रधानमन्त्री नेपालको भारत सरकारसँग अनुरोध
Nabil Bank Limited

काठमाण्डौ। नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको रुटमा अवरोध खडा नगरी  निर्माण कार्यमा सहयोग गर्न भारत सरकारसँग अनुरोध गरेका छन ।  

नेपाल र भारतका पत्रकारको संस्था मिडिया फोर बोडर हार्मोनीले रौतहट सदरमुकाम गौरमा शनिवार आयोजना गरेको नेपाल भारत मैत्री सम्वादमा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त आग्रह गर्दै पुर्व प्रधानमन्त्री नेपालले भारतले सम्बन्धका लागि जनकपुरधाम–अयोध्या र लुम्बिनी–बोधगयाका लागि नया रुट बनाउनु पर्ने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पनि नेपाल भारतका जनतालाई आवागमन समेत सहज हुने भएकोले एयर रुटको कुरा लिएर भारतलाई झमेला खडा नगर्न अनुरोध गरेका छन ।  

निजगढमा  अन्तर्राष्ट्रिय विमानस्थल वनाउन आफु प्रधानमन्त्री भएको बेला २००९ मा निर्णय गरेको उनले बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई  जोडनका लागि २०१० मा आफू प्रधानमन्त्री रहेको बेला शिलान्यास गरेको फास्ट्रायक सडक १५ बर्ष वितन लाग्दा पनि काम सम्पन्न नहुनु कमजोरी रहेको बताउदै सो दुबै विकास तीव्र गतिमा बढाई दिन नेपाल सरकारको ध्यानाकषर्ण समेत उनले गराए ।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा देश विदेका विमानको निकै चाप हुने गरेका कारणले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य भएको पुर्वप्रधानमन्त्री नेपालले दाबी गरेका छन । फास्ट्राएकको काममा तिब्रता ल्याउन आफुले पुर्व प्रधानमन्त्री देखि संसदिय समिति मार्फत पटक पटक अनुगमन गराए पनि काममा चाहे जतिको प्रगति हुन नसकेको बताउदै आफूले भनेको काम सरकारले सकारात्मक रुपमा नलिए पनि समन्वय सहकार्य गर्न नछोडेको उनले बताए ।  

Muktinath Bikas Bank Limited

नेपाल भारतको बोडर छेउको जनताले भोग्ने समस्या केही सरकारी र केही व्यवहारिक रुपमा समाधान हुने भएकोले  नेपालका बोडरका जिल्लाको सिडियो ( एसपि र भारतका जिल्ला जोडिएका डिएम र एसपि तहमा दुबै देशका बोडर क्षेत्रका सांसद र विधायक स्तरबाट सामाधानका लागि पहल भए परिणाम भने जस्तो चाहे जस्तो हुने कुरामा नेता नेपालले विश्वास व्यक्त गरेका छन  । हार्मोनिका मधेस प्रदेश अध्यक्ष किशोरी यादवको अध्यक्षतामा भएको कार्यक्रममा भारत विहार विधानसभामा रिगाबाट निर्वाचित विधायक मोतिलाल प्रसाद, मधेस प्रदेश सभामा रौतहट १( क)बाट  निर्वाचित प्रदेस सभा सदस्य नागेन्द्र साह ,मधेस सरकारका पुर्वमन्त्री योगेन्द्र यादव,वौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदिप कुमार यादव, बैरगनियाका पुर्व मेयर बसिर अन्सारी ,नेकपा एसका नेता रेवन्त झा  लोसपाका नेता  अनिल कुमार सिंह भारत नागरिक समाज रामअशिश पटेल,राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष विनय यादव,  सहितका व्क्ताले वोडरका जनताले दुबै देशमा  भोग्नु परेको समस्याका कारण पारस्परिक पौराणीक धार्मिक परिवारिक सम्बन्धमा हुने  तिक्तता कम गर्न दुबै देशका नागरिक जनप्रतिनिधि र सरकार स्तरबाट सामाधान खोज्न आवश्यक रहेको बोलेका थिए ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X