काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको अध्यक्ष चयन गरेको हो ।
यसका साथै सोहि बैठकले यसअघिका अध्यक्ष प्रदिप अधिकारीले सञ्चालक समिति समक्ष अध्यक्ष र सञ्चालक पदबाट दिएको राजीनामा फागुन १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको संस्थाले जनाएको छ ।