बुधबार, चैत्र २०,२०८१ 01:05:11
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:05:11
IME remit
Global IME Bank Limited

काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको चेम्बर र युएनडीपीद्वारा अनुगमन

Hyundai Nepal
काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको चेम्बर र युएनडीपीद्वारा अनुगमन
Nabil Bank Limited

काठमाण्डौ । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले गरेको सहयोगबाट भएका पुर्ननिर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ ।  

चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधी कायको युकोशुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यन्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको थियो । पनौती  नगरपालिका र रोशी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोले पुर्याएको जनधनको क्षति एवं जिविकोपार्जनका लागि गत पुस महिनामा चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता  भएको थियो ।

Shivam Cement
Bizshala
CG Motors

बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकुलनन सहकार्यको प्रगति सम्वन्धमा संयुक्त अनुगमन गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बाढी पहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रम अन्र्तगत सिंचाई नहर, सामुदायिक सडकहरु, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भईरहेको छ । यसबाट स्थानीय रोजगारी समेत सिर्जना भएको छ ।  

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा भईरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निक्षी क्षेत्रको तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले चेम्बर र युएनडीपीको सहयोगले बाढी पहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जिविकोपार्जनमा उल्लेख्य उपलव्धी हासिल भएको बताए ।  

युएनडीपीका आवासीय प्रतिनिधी कायको युकोशुले चेम्बरसँगको सहकार्यमा  बाढी प्रभावित क्षेत्रमासहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

चेम्बर र युएनडीपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनको स्थानीय तहका जनप्रतिनिधीको सहभागिताका साथै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यप्रगतिको बारेमा जानकारी गराईएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.