काठमाण्डौ । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि ९००१ः२०१५ वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१ः२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ।
TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च–गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले जनाएको छ।
बर्जर नेपालका कन्ट्री मेनेजरले भने, ‘हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्नेयो उपलब्धिमा गर्व गर्दछौं। यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्।’
यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रेणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनः पुष्टि गर्न सफल भएको कम्पनीले जनाएको छ।